काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकासुरेन्स सेवा आदानप्रदा गर्ने गरी सम्झौता भएको छ । 

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण वस्नेत र जनरल  ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक एस. के. टमोटले हस्ताक्षर गरेका थिए।