काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण बस्नेत नियुक्त भएका छन् । 

बैंककोे २६५औं सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउन्टेन्ट बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

१८ वर्षे लामो बैंकिंग अनुभव सँगालेका बस्नेतले १३ वर्षसम्म विभिन्न वाणिज्य बैंकमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । 

गत भदौ १ गतेदेखि उनी कामना सेवा विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा  प्रवेश गरेका थिए । 

मंसिर ८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकलाई नेतृत्व दिँदै आएका बस्नेत यसअघि नविल बैंक, एनबी बैंक, एनआईसी एशिया बैंक र माछापुच्छेक बैंकमा आबद्ध रहेका थिए । 

बस्नेतबैंकिङ क्षेत्रमा नियन्त्रणसहितको व्यापार तीव्र अभिवृद्धि र उत्कृष्ट ग्राहक सेवाको सन्तुलन गर्दै नयाँ उचाईमा पुर्याउनुपर्छ भन्ने मान्यता राख्छन्।