काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय  प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटीएममार्फत आफ्नो सेवा प्रवाह गर्दै आइरहेको छ ।