काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड रएभरेष्ट इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ७३ वटै शाखाहरुबाट सहज रुपमा एभरेष्ट इन्स्योरेन्स लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका थिए ।