काठमाडौँ । चालू आर्थिक वषको तेस्रो त्रैमासिक अवधिमा कामना सेवा विकास बैंकको प्रगति उत्साहप्रद देखिएको छ । भारी चुक्ता पूँजीसँगै जगेडा कोषसमेत वृद्धि गरको बैंकले यस अवधिमा २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको भन्दा बैंकले करीव ५७ दशमलव ६२ प्रतिशतले बढी हो । गतवर्ष सोही अवधिसम्म बैंकले १४ करोड ४७ लाख ४५ हजार खुद नफा आर्जन गरेको थियो । 

कम्पनीको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै वृद्धि भएका कारण पूँजी वृद्धि भए पनि नाफा बढ्न सकेको हो । समीक्षा अवधिमा कम्पनीले ४९ करोड २१ लाख  ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष बैंकले ३० करोड ८४ लाख ब्याज आम्दानी गरेको थियो । 

यसैगरी बैकले सञ्चालन मुनाफा समेत वृद्धि गरेको छ । यस अवधिमा ३३ करोड ८६ लाखसञ्चालन मुनाफा आर्जन गरेको बैंकले गत वर्षको यही अवधिसम्ममा २१ करोड ९९ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । 

बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ७४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५१ दशमलव ३८ रुपैयाँ रहेको छ । यसैगरी मूल्य आम्दानी अनुपात १३ दशमलव ८३ मा रहेको छ । बैंकको जगेडा कोष समेत सबल बनाउँदै लगेको छ । 
 जगेडा कोषमा १ अर्ब ५ करोड रकम रहको छ ।