काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा उदयपुर र राजविराजमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

प्रदेश १ मा पर्ने उदयपुरको त्रियुगा नगरपालिका वडानम्बर ११ र प्रदेश २ मा पर्ने सप्तरी जिल्लाको राजविराज नगरपालिका वडानम्बर ४ मा नयाँ बैंक शाखा स्थापनासँगै औपचारिक रुपमा कारोबारको समेत सुरुवात गरिएको हो । 

चैत १३ गते ७६ औं र ७७ औं शाखको रुपमा ती दुई शाखा उद्घाटन गरिएको बैंकले जनाएको छ । 

बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो ।