काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा काठमाडौं महानगरपालिकाको वडा नं १०, बानेश्वरमा चैत १७ गते आफ्नो ७८ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीका लागि छैठौं शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवासीय क्षेत्र बानेश्वरमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने तथा बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूतपूर्व प्रोडक्ट्सहरुको बारेमा संक्षिप्त जानकारी गराए