काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको चैत २४ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १.५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णयअनुसार बैंकले ३ करोड ७५ लाख ३९ हजार ८३२.७९ रुपैयाँ बराबरको बोन सेयर र २० करोड २ लाख १२ हजार ४४१.५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २ अर्ब ५४ करोडको हाराहारीमा पुग्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

कतिपय वाणिज्य बैंकको भन्दा यो बैंकको लाभांश दर राम्रो हो ।