काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर कारोबार निलम्बनमा परेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले लाभांश सम्बन्धी सूचना ढिलो सम्प्रेषण गरेको भन्दै नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो । 

कामना सेवा विकास बैंकको चैत २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४ ७५ का लागि ९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको थियो । सो निर्णय चैत २६ गते(२ दिन ढिलो गरी) मात्र नेप्सेले प्राप्त गरेकोले भित्री कारोबार(इन्साइडर ट्रेडिङ)मा सहयोग गरेको आशंका नेप्सेले बैंकको सेयर कारोबार रोकेको हो । 

सूचिकरण नियमावलीअनुसार कम्पनीहरुबाट हुने लाभांश सम्बन्धी निर्णय तत्कालै नेप्सेलाई पठाई सर्वसाधारणको जानकारीका लागि नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय सूचिकृत कम्पनीहरु लाभांश सम्बन्धी महत्वपूर्ण सूचना सम्प्रेषणमा समेत ढिलाई गर्ने गरेका छन्। 

कामना सेवाले समेत त्यस्तै लापरबाही गरेको भन्दै नेप्सेले २ दिन ढिलो गरी संचालक समितिको निर्णय पठाउने बाध्यता के पर्यो भन्दै स्पष्टीकरण सोधेको छ । २४ घण्टे स्पष्टीकरणसँगै कारोबार समेत रोकिएको नेप्सेस्थित स्रोतले प्रष्ट पारेको छ ।