काठमाण्डौ । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जित, आधुनिक र सरल Mobile Banking V5 सेवा सोमबारदेखि प्रयोगमा ल्याएको छ । 

ग्राहकहरुको समयसापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरी यो सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ। 

यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगइन, क्यूआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल आदिको भुक्तानी, आफ्नो बैंक खाताको रकम अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्न,इसेवामा जम्मा गर्न, मोवाइल टपअप गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ । 

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटीएमको सञ्जालमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।