काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले झापाको दुई स्थानमा एकैदिन नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 

बैंकले झापा जिल्लाको कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा बिहीबार आपनो ८८ औं र ८९ औं शाखा कार्यालय स्थापना गरी कारोबार थालेको हो । 

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्वी नेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने विश्वास व्यक्त गरे ।