काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको छ । 

बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडमार्फतत चेकबुक र एटीएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।