काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

योसँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ । 

बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका थिए। 

कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडाध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज बास्तोला लगायतको उपस्थिति रहेको थियो।

यसैगरी, गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए ।