काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालयको साउन २१ गते (अगस्ट ०६, २०१९) देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी हुन् ।

स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमु्ख नारायणगढ सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो ।