काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला बुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ।

एक समारोहका बीच बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका बैंकले जनाएको छ । 

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसीप्रसाद आचार्यले रु. २५,००० को चेक हस्तान्तरण गरेका थिए । 

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु. ९,६०७  र बेसिशहरका ग्राहक रञ्जिता अधिकारीलाई रु. ६७,८१९ स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।