काठमाण्डौ । कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेबसाइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।