काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी(ओभरड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ । 

बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृती प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको सुरुवात गरेकाथिए । 

सो क्रममा सीइओ बस्नेतले ओडी कार्डको महत्व र यसबाट ग्राहकहरुले प्राप्त गर्नसक्ने सुविधा र फाइदाका बारेमा प्रकाश पार्दै अब उप्रान्त यस बैंकका ग्राहकले सो कार्ड प्रयोग गरी उपलब्ध सीमासम्मको रकम झिक्न सक्नुका साथै सामान खरिद गर्दा पनि कार्ड प्रयोग गर्न सक्ने बताए । 

साथै, ओडी कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तीव्रताका साथ अगाडि बढाउन सकिने समेत सो क्रममा उनले बताएका थिए ।