काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–२ अर्चलबोटस्थित “अर्चलबोट आमा समूह”लाई एक कार्यक्रमका बीच डस्ट्विन लगायतका सरसफाइका सामाग्री प्रदान गरेको छ।

पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लकाो अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णुराज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वास लिएको सञ्चालक सदस्य चतुराखर अधिकारीेले बताए ।

सो अवसरमा बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियानअन्र्तगत पोखरा महानगरपालिका वडा नं. २ अन्तर्गतका सडकहरुमा सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले  उक्त सामाग्रीहरु प्रदान गर्दै बैंकको वर्तमान अवस्था तथा यसले प्रदान गर्दै आएको सेवा सुविधाको बारेमा समेत जानकारी गराएका थिए ।