काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आज आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६पुगेका छन् । बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख  धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।