काठमाण्डौ । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक  चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए। 

बैंकका सञ्चालक  देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा  अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखे भने वडा अध्यक्ष शोभामोहन पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशी राज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनीय कार्य गरेकोले धन्यवाद ज्ञापन गरे । 


बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।