काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहकहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाइसी अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने,  स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । 

बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाट आज शुक्रबार यो नवीनतम् प्रविधिमा आधारित “KSBBL Social Media Banking Platform” को शुभारम्भ गरेका हुन् । 

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको QR Code Scan  गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी  मेसेज पठाउनु पर्ने हुन्छ ।

कोभिड१९ को महामारीका बीच सोसल मेडिया बैंकिङ सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहकहरुलाइ थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।