काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा पुस १६ गते ६२ औं शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

शुभारम्भ कार्यक्रम कामु प्रमुखकार्यकारी अधिकृतले बैंकले विभिन्न शहर तथा ग्रामीण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६२ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना छ ।