काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धी सेवा आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकको भनाई छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र सूर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ।