काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्कस्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सो अस्पतालका कुष्ठरोगका बिरामीहरुलाई ह्विलचेयर प्रदान गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । 

पोखरा  महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक मर्हजन, सुपरिटेडेन्ट डा. ब्रुस हेज, प्रशासकीय अधिकृत युवराज आचार्य साथै बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुवराज बास्तोलाले संयुक्त रुपमा ह्विलचेयर हस्तान्तरण गरेका थिए ।

हाल अस्पतालमा ४० जना भन्दा बढी  जटिल अवस्थाका बिरामीहरु रहेका र बैंकको यो सहयोगले थौरै भए पनि राहात मिल्ने र आगामी दिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकको नीति रहेको सञ्चालक देवकृष्ण काफ्लेले सो क्रममा बताए ।