काठमाण्डौ । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएका थप तीन नयाँ बचत योजना सार्वजनिक गरेको छ । 

बैंकले “स्वर्णिम सुरक्षित, बैंकासुरेन्स र रिकरिङ्ग”जस्ता योजनाहरु सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एकलाखसम्मको औषधिउपचार बीमा र सातलाखसम्मको दुर्घटना बीमासहित स्वर्णिम सुरक्षित बचत खाता ल्याइएको छ । 

यस्तै, एक तोला चाँदीको सिक्का उपहारसहित बैंकासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्धति प्रकृतिको अत्यधिक ब्याजसहितको रिकरिङ्ग खाता समेत सञ्चालनमा ल्याइएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

जसबाट सबैका लागि अझ बढी सहज, सवल, गतिशील, र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले दाबी गरेको छ ।