काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट  डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका थिए ।