काठमाण्डौ । यदि तपाई हमेसा कार चलाउनुुहुन्छ भने आफ्नो कारमा एउटा नेल पोलिसको सिसी सधैं राख्नुहोला । यसले तपाईलाई कुनै ठूलो समस्याबाट मात्र बचाउँदैन, बरु हजारौं रुपैयाँको खर्च समेत बचाउनेछ । तर, सबैखालको नेल पोलिस चाहि होइन, पारदर्शी अथवा आम भाषामा भन्दा बिना रंग भएको नेल पोलिसको एउटा सिसी कार कुदाउँदा सधैं साथमा राख्नुहोला । 

यदि कुनै कारणले तपाईको कारको सिसामा चोट लाग्यो, सिसा कोरियो वा फुट्यो भने यो चिज तपाईका लागि निकै काम लाग्नसक्छ । यति मात्र होइन, सामान्य रुपमा फूटेको भागलाई बढ्नबाट नेल पोलिसले रोक्नेछ भने सानो चोट छ भने त्यसलाई त्यही फिक्स पनि गरिदिन्छ । यदि तपाई सिसा फूटेर पनि बदल्न चाहनुुहुन्न भने यसले काम चल्नेछ । 

यदि तपाई कुनै लामो यात्रामा निस्किनुु भएको छ र तपाईको कारमा चोट लाग्यो भने पूरा यात्रा खराब हुनसक्छ । यदि चर्किएको सिसामा केही नगरी अगाडि बढ्न खोज्नुु हुँदैछ भने सामान्य झट्का लाग्दा वा हावाको दवाबले समेत सबै सिसा फुट्न सक्छ । कारको सिसा एकपटकमा पूरा भाग फुट्ने हुँदा समेत यो निकै संवेदनशील हुन्छ । यस्तो भयो भने तपाईका लागि अझ बढी अप्ठ्यारो हुनसक्छ । यसबाहेक तपाईले यात्रा गरिरहेको बीच बाटोमै सिसा फेर्ने ठाउँ समेत नहुनसक्छ । यसकारण समेत गाडीमा यस्ता चिजहरु राख्न आवश्यक हुन्छ । तर, यसलाई प्रयोग गर्ने खास तरिका पनि हुन्छ । 

यसरी प्रयोग गर्नुपर्छ नेल पोलिस

१.सकिन्छ भने कुनै शितल ठाउँमा गाडीलाई लैजानुुहोस् । यदि तत्काल यस्तो संभव हुन्न भने जहाँ हुनुुहुन्छ, त्यहीबाट पनि यो काम सुरु गर्न सकिन्छ । 

२.सबैभन्दा पहिला क्लिनर वा सफा कपडाले चर्किएको वा चोट लागेको सिसाको भागलाई सफा गर्नुहोस् । क्लिनर र कपडा छैन भने पानीले समेत सफा गर्न सकिन्छ । 

३.यसपछि राम्रो परिमाणमा नेल पोलिस लिएर चर्किएको सबै हिस्सामा राम्रोसँग लगाउनुहोस् । कारको भित्र र बाहिर दुवै हिस्साबाट नेलपोलिस चर्किएको भागमा लगाउनुहोस् । 

४.यसपछि कारलाई घाममा राखेर केहीबेर सुकाउनुहोस् । 

५.यसपछि हेर्नुहोस्, नेल पोलिसले तपाईको सिसामा चर्किएको भागलाई सिल गरिदिन्छ । यसका कारण सिसा थप फुट्नबाट जोगिन्छ ।