काठमाण्डौ । यदि तपाइँ आफ्नो कारमा ‘एअर फ्रेसनर’ को प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । असावधानीपूर्वक प्रयोगमा ल्याइएको एअर फ्रेसनरले तपाइँको कारमा विस्फोट पनि हुन सक्छ ।

बेलायतको वेस्ट यर्कसायरको ह्यालिफ्याक्स सहरमा हालै यस्तै एउटा घटनाले आफ्ना कारमा एअर फ्रेसनर प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिइएको हो ।

ह्यालिफ्याक्समा एक व्यक्तिले आफ्नो कारमा एअर फ्रेसनर स्प्रे गरेपछि भित्रै चुरोट सल्काए । चुरोट सल्काएको केही क्षणमै ठूलो धमाका साथ कारमा विस्फोट भयो । विस्फोबाट कारका सिसाहरु सबै फुटे भने कार बाहिर भागमा पनि क्षति पुग्यो ।

उक्त कारमा भएको विस्फोटबाट आसपास रहेका अन्य गाडीका सिसा पनि फुटेका थिए । यद्यपि कारभित्र रहेका व्यक्तिलाई स्थानीय बाहिर निकाल्न सफल भए तर उनलाई सामान्य चोट भने लागेको थियो ।

स्थानीय फायर एन्ड रेस्क्यु सर्भिसको अनुसन्धानका क्रममा कारमा अत्याधिक मात्रामा एअर फ्रेसर प्रयोग गर्दा सामान्य आगोको झिल्कोले पनि विस्फोट भएको खुल्न आएको छ ।

एअर फ्रेसर प्रयोग गरेर कारका झ्यालहरु खुला राख्न रेस्क्यु टोलीले सुझाव दिएको छ । जबसम्म एअर फ्रेसर स्प्रे गर्दा त्यसबाट निस्किने ज्वलनशील पदार्थ पूर्ण रुपमा बाहिर गइसकेको निश्चित भएपछि मात्र कारका झ्याल खोल्न उनीहरुको सुझाव छ । – एजेन्सी