काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बिहीबारदेखि कारोबार सुरु गरेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा बजार खुलेको २० मिनेटमै पोजेटिभ सर्किट लागेको छ।

यो कम्पनीको सेयरमूल्यमा ९.९७ प्रतिशत वृद्धि हुँदै पोजेटिभ सर्किट लागेको हो। योसँगै कम्पनीको सेयर प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६४ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयर कारोबार आज पहिलो दिन प्रतिकित्ता ३३१ रुपैयाँमा खुलेको थियो। 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा यो कम्पनीको सेयर खरिदचाप देखिएको छ। ४ लाख ३३ हजार ५४३ कित्ता सेयर खरिदका लागि पोस्ट भएको छ। तर बिक्रीतर्फ भने एउटा पनि पोस्ट परेको छैन। 

नेप्सेमा बुधबार यो कम्पनीको आईपीओसहित १ करोड ४८ लाख कित्ता सेयर सूचीकृत भएसँगै आजबाट कारोबारमा आएको हो।