काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार अवधि बढाएको छ । 

बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गर्न थालेको हो । 

यसअघि एनआइसी एशिया बैंकले समेत बिहान ७ बजेदेखि नै २० शाखाहरुबाट सेवा दिने घोषणा गरेको थियो । 

काठमाडौंको राइजिङ मलस्थित केन्द्रीय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिंदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ । उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् । 

उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ । शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड शाखा दिउँसो २.०० बजे देखि बेलुका ५.०० बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११.०० बजे देखि दिउँसो २.०० बजे सम्म संचालन हुने बैंकले जनाएको छ ।