काठमाण्डौ । भारतको सबैभन्दा ठूलो सरकारी बैंक भारतीय स्टेट बैंक(एसबीआई)ले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा सुरु गरेको छ । 

यो सुविधामार्फत एसबीआईका ग्राहकले अब कार्डको प्रयोगबिना नै एटीएम मसिनबाट नगद निकाल्न सक्नेछन् । एसबीआईले यो सुविधालाई  योनो क्यास नाम दिएको छ । एसबीआईका ग्राहकहरुले भारतभरका १६ हजार ५०० एटीएममा यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

यसरी निकाल्न सकिन्छ पैसा
एसबीआईको यो सुविधाको लाभ लिनका लागि ग्राहकले आफ्नो स्मार्टफोनमा योनो(YONO) एप डाउनलोड गर्नुपर्नेछ । यो एपमा ग्राहकले एक सिक्स डिजिटको योनो पिन सेट गर्नुपर्ने हुन्छ । जब कुनै ग्राहकले यो एपको सहायताबाट नगद निकाल्न अनुरोध गर्नेछ, तब उसको मोवाइलमा एसएमएसको माध्यमबाट सिक्स डिजिटको एक रिफरेन्स नम्बर आउनेछ । यो रिफरेन्स नम्बर र योनो पिनको मद्धतबाट ग्राहकले आफ्नो नजिकको एटीएमबाट ३० मिनेटभित्र योनो क्यास पोइन्टबाट नगद निकाल्न सक्नेछन् ।

भारतीय स्टेट बैंक कार्डलेस क्यासको सुविधा प्रदान गर्ने देशको पहिलो बैंक बनेको छ । 

भारतीय स्टेट बैंकले सन् २०१७ नोभेम्बरमा योनो एप लञ्च गरेको थियो । भारतमा योनो एप फाइनान्सियल तथा लाइफस्टाइल सेवा दिनेवाला सर्वश्रेष्ठ एप बनेको छ । यो एपमा करिब ८५ ईकमर्स कम्पनी लिस्टेड छन्, जहाँबाट एसबीआईका ग्राहकहरुले आफ्ना लागि खरिदारी गर्न सक्नेछन् । 

स्टेट बैंकअनुसार सन् २०१९ फेब्रुअरीसम्म करिब १ करोड ८० लाख मानिसले योनो एप डाउनलोड गरेका छन् र यसको ७० लाख भन्दा बढी प्रयोगकर्ता समेत छन् ।