काठमाण्डौ । यूरोपियन न्यू कार असेसमेन्ट प्रोग्राम(यूरो ल्ऋब्ए)को ताजा नतिजा सार्वजनिक भएको छ । यो टेस्टमा कयौं भारतीय कारहरुको जाँच गरिएको छ । पहिलाजस्तै यो पटक पनि भारतीय कारहरुको स्ट्याण्डर्डको नतिजा निराशाजनक नै रहेको छ । यो क्र्यास टेस्टमा मारुतीको सुजुकी, रेना, टाटा, महिन्द्रा र हुण्डाईको विभिन्न मोडलहरुलाई सामेल गराइएको थियो । नेपालमा समेत यिनै भारतीय ब्राण्डहरु चर्चित छन् । यो जाँच अध्ययनबाट यो पनि पाइएको छ कि, भारतमा सुरक्षा फिचर्सको जाँचमा फेल भई चढ्नै नहुने कारको सूचिमा रहेका कारहरुले नै नेपाली बजारमा भने लोकप्रियता पाएका छन् । नेपाली कार प्रयोगकर्ता यी विषयमा बेखबर बन्दा दुर्र्घटना बढेको र कारको यही पक्षमा ध्यान नदिंदा आफ्नै बाहन यमराज बन्ने गरेको समेत पाइएको छ ।  

कम्पनीहरुले क्र्यास जाँचको क्रममा  आफ्ना सबै मोडलहरुमा जडित सेफ्टी फिचर्स(सुरक्षा विशेषता)हरुलाई सामेल गर्नुपर्ने हुन्छ । सन् १९१९ सम्ममा सबै कारमा सुरक्षा फिचर्सलाई अनिवार्य गरिनेछ, तर हाल धेरै प्रतिष्ठित कारहरु यो जाँचमा फेल भएका छन् । कयौं प्रतिष्ठित ब्राण्डका कारहरुमा सुरक्षाको कुनै विशेषता(सेफ्टी फिचर्स) नराखिएको र यस्ता कार चढ्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ ।

रेनल्ट डस्टर
रेटिङ : जीरो


रेनल्ट डस्टरको बेसिक मोडेलको कारलाई जीरो रेटिङ प्राप्त भएको छ । यसको कुनै पनि मोडलमा एयरब्याग्स छैन । तर, मेड इन इण्डिया रेनल्ट डस्टर कारमा ड्राइभर साइडको  एयरब्यागलाई क्र्यास टेस्टमा तीन स्टारको रेटिङ दिइएको छ ।

रेनल्ट क्वीड
स्टार रेटिङ : एक स्टार


रेनल्ट क्वीडले निकै लामो समयदेखि जीरो रेटिङ पाउँदै आएको थियो । यो पटक भने यो कारलाई एक स्टारको रेटिङ प्राप्त भएको छ । यसको कारण यो कारमा एउटा ड्राइभर एयरब्याग छ, अरुतिर सेफ्टी फिचर्स छैन । यो कारमा चढ्ने ड्राइभर बाहेका यात्रुहरुको सामान्य दुर्घटनामा समेत ज्यान जानसक्ने खतरा हन्छ । स्वयम् ड्राइभरको समेत दुर्घटनामा मृत्यु त भइहाल्दैन, तर गम्भीर चोट लाग्नसक्छ ।

मारुती अल्टो
स्टार रेटिङ : जीरो


नेपालमा खुबै प्रयोग भएको र विशेष गरी काठमाण्डौ उपत्यकामा ट्याक्सीको रुपमा अधिक प्रयोग भएको मारुती अल्टो सुरक्षाको हिसाबले सबैभन्दा खतरनाक कार रहेको जाँचको क्रममा पत्ता लागेको छ । विशेष गरी मारुती अल्टोको एयर ब्यागबिनाको भेरिएन्टबाट यात्रा गर्नु सबैभन्दा जोखिमपूर्ण मानिएको छ । चिन्ताको बिषय यो छ कि मारुती अल्टोको सबै भेरिएन्टमा चालकको साइडमा एयरब्यागको केवल विकल्पको रुपमा मात्र छ, स्तरीय एयरब्याग छैन, देखावटी काम मात्र गरिएको छ ।

डाट्सन गो
स्टार रेटिङ : जीरो


सन् २०१६ मा गरिएको क्र्यास जाँचपछि ग्लोबल एनसीएपीले भनेको थियो कि डाट्सन गोका सबै उत्पादनलाई बजारबाट फिर्ता लिनुपर्ने सुझाव दिएको थियो । किनभने यो कारमा एयरब्याग्स नै जडान गर्दा समेत यसमा जडान गरिएको संरचनाले यात्रा गर्नेलाई कुनै पनि कोणबाट सुरक्षित राख्न सक्दैन भन्ने उसको भनाई थियो । यो कार भारतका धेरै प्रान्तमा बिक्री हुँदैन, तर सस्तो मूल्य भन्दै नेपालमा खुलेआम बिक्री भइरहेको छ । विज्ञहरुको कारको नाममा यमराजको संज्ञा दिएको डाट्सन गोलाई समेत नेपालमा प्रतिबन्ध लगाउनुपर्ने विज्ञहरुको भनाई छ ।

महिन्द्रा स्कोरपियो
स्टार रेटिङ : जीरो


एयरब्याग बिनाको स्कोरपियो भेरिएन्टलाई समेत जीरो रेटिङ दिइएको छ । यति मात्र होइन, यसमा अस्थित बडी सेल समेत रहेको छ । तर, आश्चर्यको कुरा यो छ कि स्कोरपियोको पहिलो मोडल स्कोरपियो गेट्वे पिकअपलाई अस्ट्रेलियाको एनसीएपीले तीन स्टारको रेटिंङ दिएको थियो।

हुण्डाइको इयान
स्टार रेटिङ : जीरो


नेपालमा अधिक बिक्री हुने कारहरुमा पछिल्लो समय हुण्डाई इयान समेत एक हो । तर, यो कार समेत प्रयोग गर्नु गम्भीर रुपमा असुरक्षित हुनु बराबर हुने जाँचको क्रममा पुष्टि भएको छ । हुण्डाईको निकै लोकप्रिय सानो कार इयानलाई एडल्ट प्रोटेक्सनको मामलामा जीरो रेटिङ प्राप्त  भएको छ, तर चाइल्ड प्रोटेक्सनको मामलामा भने तीन स्टार दिइएको छ ।