काठमाण्डौ । नेपालमा अहिले कारप्रतिको आर्कषण बढ्दै गएको छ । यसले नेपालमा कारपारखीहरु बढ्दै देखाउँछ ।

बजारमा नयाँ मोडलका कार आउँदा नेपालीहरु चनाखो हुने गरेका छन् । नेपालीहरु कार खरिद गर्दा ब्रान्ड र चर्चालाई बढी ध्यान दिन्छन् । दिनु पनि पर्छ। तर जुनसुकै ब्रान्डको कार भए पनि त्यसको मर्मतसम्भार र रेखदेखमा सावसाधनी अपनाउने हो जोकसैले आफ्नो कारको आयु लम्बाउन सक्छन् । 

कार किन्दा ठूलो धनराशि खर्च हुन्छ । तर खर्च गरेअनुसार कारको नियमित मर्मतमा ध्यान दिएनौँ भने जुनसुकै बेलामा धोका पाउनुपर्ने हुन्छ । 

यस्तोमा गाडीको आयु लम्बाउन र समस्याहरुबाट गाडीलाई मुक्त राख्न केही कुरामा विशेष ध्यान राख्नुपर्छ । त्यस्तैले तल दिइएका सात कुरालाई विशेष ध्यान दिनुहोस् र गाडीको आयु लम्ब्याउनुहोस् । यसका साथै अनावश्यक खर्चबाट पनि मुक्ति पाउनुहोस् ।

१. प्रायः कारको टायरको प्रेसर एकदमै ज्यादा या बढी हुने गर्दछ । यसले गर्दा इन्धनको खपत बढी मात्रामा हुने गर्दछ र कारको गति क्षमता प्रभावित हुने गर्दछ । जसले गर्दा गाडी दुर्घटनाग्रस्त पनि हुन सक्छ । यस प्रकारको परिस्थितिबाट बच्न समय–समयमा गाडीको टायर बदल्नुपर्दछ । कमसेकम वर्षको एकपटक अगाडिको वा पछाडिको टायर बदल्नुपर्दछ ।

२. अचानक ब्रेक लगाउँदा वा अचानक गति बढाउँदा कारलाई विभिन्न प्रकारको नोक्सान पुग्न सक्छ । गियरबक्स तथा इन्जिनमा पनि नोक्सान पुग्न सक्छ । ब्रेक प्याड र ब्रेक डिस्क्स चाँडै बिग्रन सक्छ । यसका साथै दुर्घटना हुने सम्भावना पनि बढ्न सक्छ । त्यसैले कार चलाउँदा सावधानी अपनाउन आवश्यक हुन्छ ।

३. कतिपटक चालकले ट्राफिक जामका बेला कारको इन्जिन बन्द नगरी गियरमै रोक्ने गर्दछन् । यसो गर्नबाट बच्नुपर्दछ । ट्राफिक जामका बेला पहिले कारलाई पूर्ण रुपमा बन्द गर्नुुपर्दछ । जब जाम खुल्छ अनिमात्रै गियर बदल्नुुपर्दछ ।

४. इन्जिनको तापक्रम बढी हँुुदा या इलेक्ट्रिक सिस्टममा केही गडबडी हँुुदा या ब्रेकको इन्धन लेबल कम हुँदा कारको ड्यास बोर्डमा कुुनै प्रकारको संकेतमार्फत गाडीले चेतावनी दिन सक्छ । यस्तो संकेत थाहा पाउनेबित्तिकै जतिसक्दो चाँडो कुुनै अटोमोबाइल रिपेयर पसलमा गएर कार मर्मत गर्नुुपर्दछ। यसो गर्दा सम्भावित खतरालाई टाल्न सकिन्छ र बढी खर्च हुुनबाट जोगिन पनि सकिन्छ ।

५. यदि कारलाई सही तरिकाले रेखदेख गरिएन भने चाँडो नै बिग्रन सक्छ । उदाहरणका लागि कारले ६२० माइल दुुरी पार गर्दा प्रत्येक पटक तेलको मात्रा जाच्ने गर्नुुपर्दछ र २५० माइल पार गर्दा एअर फिल्टरलाई बदल्न बिर्सनुहुँदैन ।दैनिकजसो इन्धनको मात्रा, टायर प्रेसर, विइन्डसिल्डस् आदि जाँच गर्नुुपर्दछ । 

६. सीमाभन्दा धेरै तौलले गर्दा कारको सस्पेन्सन, स्टिरियरिङ, ट्रान्समिसन, टायर र इन्जिन बिग्रने गर्दछ । यसबाट सचेत हुन आवश्यक छ ।

७. ट्राफिक जाम लामो हुुँदा क्लचलाई धेरैबेर दबाइराख्न हुन्न । म्यानुअल ट्रान्समिसन कार चलाउँदा चालकले प्रायः यस्तो गल्ती गर्ने गर्दछन् ।