काठमाण्डौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २१.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीको मंसिर २९ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई सो लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

हाल यो कम्पनीको चुक्तापँुजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर जारी पछि चुक्तापुँजी वृद्धि भई १० करोडको उचाईमा पुुग्नेछ ।