काठमाण्डौ । दोस्रो बजारमा आज मंगलबारदेखि कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर पुनः कारोबारमा आएको छ। 

साविकको जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रिया टुंगिएपछि कालिका लघुवित्तको नाममा दोस्रो बजारमा सेयर कारोबार सुरु भएको हो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र सूचीकरण नियमावली, २०७५ बमोजिम स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी सोमबारको निर्णयानुुसार कालिका लघुवित्तको कारोबार फुकुवा गरिएको जनाएको छ। कारोबार फुकुवा पाएसँगै कालिका लघुवित्तले पुुरानै संकेत केएमसीडीबी पाएको छ। ओपनिङ प्राइस भने मर्जर प्रक्रियामा जानुअघि कालिका लघुवित्तकै अन्तिम सेयरमूल्य ६९९ रुपैयाँ प्रतिकित्ता हुने नेप्सेले जनाएको छ।

मर्जरपछि नेप्सेमा जनसेवी लघुवित्तको १४ लाख ४३ हजार ३०० कित्ता र कालिका लघुवित्तको १० लाख ८० हजार कित्ता सेयरसमेत गरी कुल २५ लाख २३ हजार ३०० कित्ता सेयर कालिका लघुवित्तको नाममा सूचीकृत भएको छ।