काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ४८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७६.५३ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा संस्थाले २ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो त्रैमासमा संस्थाको सञ्चालन घाटा २ करोड ९३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा १ करोड १८ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानीबापत १६ करोड ३२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १३ करोड ४६ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा संस्थाले १ अर्ब १४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब २ करोड रुपैयाँ सापटी लिई १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ११६.९७ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ६ करोड ७७ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १४ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

संस्थाको चुक्तपुँजी २५ करोड २३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष १० करोड ८० लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.८२ रुपैयाँ रहेको छ। पीई रेसियो १०५.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्क १४५.६१ रुपैयाँ रहेको छ।