काठमाण्डौ । कालिका कन्स्ट्रक्सनको निर्माण कार्यस्थल सिन्धुलीमा भएको बम विष्फोटको घटनाप्रति नेपाल उद्योग परिसंघ(सिएनआई)ले खेद व्यक्त गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै परिसंघले नेपाल सरकारले मुलुकको शान्ति सुरक्षाको लागि अवलम्बन गरेको नीतिअनुसार केही समयदेखि उद्योग व्यवसायले पनि आफ्नो सुरक्षाको अनुुभूति गरे पनि चैत्र २० गते परिसंघको सदस्य संस्था कालिका कन्स्ट्रक्सनको निर्माण कार्यस्थल सिन्धुलीमा भएको बम विष्फोटको घटना र सोबाट पुग्न गएको क्षतिबाट शान्ति सुरक्षामा पुनःप्रश्न उठेको बताएको हो । 

स्थिर सरकारको गठनसँगै आर्थिक समृद्धिलाई सबैले अंगिकार गरी लगानी प्रवद्र्धन गर्ने र विदेशी लगानी भित्र्याउने सरकारको प्रमुख नीति भएको र यस कार्यमा निजी क्षेत्रको प्रतिनिधि संस्थाको हैसियतले परिसंघबाट निरन्तर सहयोगको प्रयास भइरहेको पृष्ठभूमिमा उद्योग व्यवसायमा भएका यस प्रकारका हमला एवं पुग्न गएको क्षतिको कारण उद्योग व्यवसायको सुरक्षाको प्रश्न टड्कारो रुपमा उठेको बताइएको छ । 

‘यस्ता घटनाक्रमले निर्माण कार्यमा प्रत्यक्ष असर पर्ने तथा स्वदेशी एवं विदेशी लगानीकर्ताहरुमा समेत प्रतिकूल सन्देश फैलने यस प्रकारका अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति वा समूहको पहिचानसहित उनीहरुलाई उचित कारबाही गर्न र उद्योगमा पर्न गएको हानी नोक्सानीको क्षतिपूर्ति सहित कामदार÷कर्मचारी एवं उक्त उद्योग प्रतिष्ठानको सुरक्षाको पूर्ण प्रत्याभूति सरकारबाट गर्ने व्यवस्था मिलाइपाउन सम्बन्धित निकायमा परिसंघ ध्यानाकर्षण गर्न चाहान्छ ।’ विज्ञप्तिमा भनिएको छ ।