काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले १२ करोड रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासनको अनुमति दिएको हो । 

यसअघि गत माघ २१ गतेदेखि कालिकाले आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो ।

आयोजना प्रभावितलाई १० प्रतिशत आइपीओ जारी गरेपछि सर्वसाधारणका लागि २० प्रतिशत जारी गर्ने अनुमति पाएको हो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल र काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड रहेका छन् । 

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ । यो आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले आइपीओबाट संकलन भएको रकम ऋण तिर्न प्रयोग गर्नेछ ।

सर्वसाधारणलाई समेत आइपीओ बिक्री गरिसकेपछि कम्पनीको चुक्तापूँजी बढेर ७८ करोडको उचाईमा पुग्नेछ ।

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।