काठमाण्डौ । कालिका पावर कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओमा ७.५२ गुणा बढी आवेदन परेको छ । 

यो कम्पनीको आइपीओमा १ लाख २२ हजार आवेदकबाट ८३ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धकमध्येको एक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

यो कम्पनीले कुल १२ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । योमध्ये कम्पनीका कर्मचारीका लागि २४ हजार कित्ता, म्युचुअल फण्डहरुका लागि ६० हजार कित्ता र सर्वसाधारणका लागि ११ लाख १६ हजार कित्ता छुट्याइएको थियो । 

कालिका पावर कम्पनी लिमीटेडले भदौ २८ गतेदेखि  आइपीओ निश्कासन गरेको थियो ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा काठमाण्डौ क्यापिटल लिमीटेड र ग्लोबल आइएमई  क्यापिटल लिमीटेड रहेका छन् । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

यसअघि कम्पनीले गोरखाका आयोजना प्रभावितका लागि ६ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । 

सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ६० करोडको उचाईमा पुग्नेछ । 

कालिका पावरले गोरखा जिल्लामा ६ मेगावाट क्षमताको दोर्दी ए हाइड्रोपावर प्रोजेक्ट संचालन गरिरहेको छ ।