काठमाण्डौ । काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना नेगेटिभ आएको छ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्पकमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। वृत्त पनि सिल गरिएको छ।

तीमध्ये ११६ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्यामलाल ज्ञवालीले बताए। 

संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन्।