काठमाण्डौ । काल्र्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेब्रुअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुलविरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका छन् ।

लिभरपुल एफसीसँगको आफ्नो साझेदारीको २५औं वार्षिकोत्सवको उत्सव मनाउन काल्र्सवर्गले फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्ली क्याम्पियनको लक्की ड्रबाट छानिएका ३ विजेताहरुलाई लिभरपुल पठाएको हो । 

भाग्यशाली विजेताहरु रबिन श्रेष्ठ(रीफ रेष्टुरेन्ट एण्ड लाउन्ज बार), शालिग्राम कँडेल (अमृत ट्रेडर्स्) र दवाङ्ग तमाङ्ग(ईबिजा लाउन्ज एण्ड बार) थिए । विभिन्न मिडियाको अगाडि लक्की ड्र यही पौष १४ गते गरिएको थियो ।

काल्र्सवर्गले यो जीवनमा एक पटक आउने अवसरलाई नेपालका लिभरपुलका फ्यानहरुका लागि एन्फिल्ड स्टेडियम लिभरपुलमा लिभरपुलविरुद्ध टोट्टेन्हम्को खेल प्रत्यक्ष रुपमा हेर्न भिआईपी हस्पिट्यालिटी प्याकेज जित्ने अवसरको सृजना गरेको थियो । 

यो विशेष क्याम्पियनमा भाग लिनको लािग काल्र्सवर्गका उपभोक्ताहरुले काल्र्सवर्ग बोटलको खरिद गर्नुपर्ने थियो । लक्की ड्रमा मान्य हुन उपभोक्ताहरुले हरेक काल्र्सवर्ग बोटलको खरिदमा आउने एउटा कुपन भर्नुपर्ने थियो ।