काठमाण्डौ । काल्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षका लागि विस्तारीत गर्दै काल्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको छ ।

यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो, यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्सवर्गले त्यतिबेलादेखि नै यस टिमलाई प्रायोजन गर्दै आएको छ ।

लिभरपूलको विश्वव्यापी साझेदार भएको नाताले काल्र्सवर्गले विश्वभरिका प्रशंसकको साथ विश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टहरुको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तर जिवन्तता दिंदै आइरहेको छ र आइरहने बताएको छ ।

काल्सवर्ग को चिफक मर्सियल अफिसर, जेसिका स्पेन्सले यो अवसरमा भनिन्–‘काल्सवर्ग  र लिभरपूलबीचको नाता ज्यादै प्रतिष्ठित छ, र २७ वर्ष लामो समयसम्म यस विशाल परिवारको भाग हुन पाएकोमा हामी ज्यादै गौरवान्वित छौं । यस क्लबको भविष्यप्रति हामी ज्यादै उत्साहित छौं र यस साझेदारीद्वारा विश्वभरिका प्रशंसकहरुलाई उत्साहजनक अनुभूति प्रदान गर्न हामी तत्पर छौं ।’

यस विस्तारीत साझेदारीको बारेमा टिप्पणी गर्दै बिलिहोगन, लिभरपूल फुटबल क्लबका प्रबन्ध निर्देशक र चिफ कमर्सियल अफिसरले भने–‘काल्सवर्ग सँगको हाम्रो बलियो साझेदारीलाई रेकर्ड ब्रेकिङ ३१ वर्षको लागि विस्तारीत गर्न पाउँदाज्यादै गौरवान्वित छौं ।’

सन् १९९२ देखि नै हामी काल्र्सवर्गसँगको लामो र इमान्दार साझेदारीको आनन्द लिइरहेका छौं र यो विस्तारीत साझेदारी क्लब र प्रतिष्ठित ब्राण्ड बीचको दृढ र ऐतिहासिक सम्बन्धको असली प्रमाण हो । काल्सवर्गलाई लिभरपूल फुटबल क्लबको सदस्यको रुपमा स्थापित भएकोमा हामी ज्यादै खुशी छौं र हामी हाम्रो सम्बन्धलाई निरन्तर रुपमा दृढ बनाउँदै लग्नेछौं ।

लिभरपूलका प्रसिद्ध प्रबन्धक बिल स्यांक्लीको सबैजना रातो किटमा खेल्ने निर्णयलाई समर्थन गर्दै लिभरपूलका प्रशंसकहरुका लागि काल्सवर्गले रातो बोतल, रातो लेबलको साथ विशेष बियर उत्पादन गरी लिमिटेड–एडिशन ल्याएको छ । यसकाबारे अझ जान्नको लागि carlsberg.com/allred  मा हेर्न सकिन्छ । 

काल्सवर्ग र लिभरपूलको साझेदारी यात्राको इतिहास

  • लिभरपूलएफसीले युरोपियनकप (२००५), एफएकप (२००१, २००६), ४ वटा लिगकप (१९९५, २००१, २००३, २०१२) र एउटा युइएफएकप (२००१) जितिसकेको छ ।
  • इयान रस अहिलेसम्मकै क्लबकै टप स्कोरर् (म्यान्चेस्टर युनाइटेड विरुद्ध सन् १९९२ अक्टोबर १८) भए ।
  • रोबीफौलर र स्टीभन गेर्रार्ड जस्तै हस्तीहरुले क्लबमाआफ्नो सुरुवात गरे र सन्यास लिए ।