काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकले फागुन २७ गते  नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । 

कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ ।

यी दुईसहित बैंकको शाखा संख्या ९६ वटा पुगेको छ । यो बैंकले ६३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५९ स्थानबाट सेवा दिइरहेको छ।

बैंकको देशभर ११९ वटा एटीएम संचालनमा छन् ।