काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश् ाप्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।