काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कास्की जिल्लामा दुईवटा नयाँ शाखा बिस्तार गरेको छ । 

बैंकले असोज १५ गते बुधबारदेखि कास्की जिल्लाको पोखरा महानगरपालिका वडानमबर ६ स्थित लेकसाइड र वडानम्बर २६ स्थित विजयपुरमा दुई नयाँ शाखा संचालनमा ल्याएको हो ।

यी दुईसहित बैंकको शाखा सञ्जाल संख्या १०२ पुगेको छ ।  

हाल यो बैंकले करिब ५ लाख ग्राहकलाई स्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।