काठमाण्डौ । कास्कीमा अर्को कोरोना संक्रमित फेला परेका चिकित्सकहरुले दाबी गरेका छन् । यदि यो दाबी सही सावित भयो भने यी देशका सातौं संक्रमित हुनेछन् । 

यसअघि ६ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । ती ६ मध्ये १ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी ५ जना आइसोलेसनमा छन् । 

भारतबाट केही दिनअघि आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । तर, त्यहाँ लगिएको किटको परीक्षण रिपोर्टको भर नहुने भन्दै ती व्यक्तिको स्वाब झिकेर थप परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको छ ।  

भारतबाट नेपाल आएका ती व्यक्तिको पहिलो नमूना परीक्षण पोजेटिभ आएका प्रतिष्ठानस्थित स्रोतले जनाएको छ । ती व्यक्तिको नमूना पुनः संकलन गरी दोश्रो चरणको परीक्षणका लागि पठाइएको समेत बताइएको छ ।

बिहीबार मात्रै कोरोनाबाट एक वृद्धा संक्रमित भएकी पुष्टि भएको थियो । गत चैत ४ गते कतारको दोहाबाट नेपाल आएको कतार एयरवेजको एउटै विमानबाट यात्रा गर्ने ३ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । बिहीबार कोरोना संक्रमित वृद्धा सोही विमानकी तेश्रो संक्रमित थिइन । त्यसअघि सो विमानबाट काठमाण्डौ आउने २ युवतीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।