काठमाण्डौ । किआ मोटर्स भारतीय बजारमा आफ्नो दोस्रो कार कार्निभल मल्टी परपज भेइकल (एमपीभी) ल्याउने तयारी गरिरहेको छ ।

यो प्रिमियम एमपीभी कार फेब्रुअरीमा हुने अटो एक्सपोमा लन्च गरिनेछ । यसको मूल्यमा भारु ३० लाख रुपैयाँको आसपास हुने अनुमान गरिएको छ।

किआ कार्निभल बजारमा टोयोटा इनोभा क्रिस्टाको विकल्प हुने बताइएको छ । किआले आफ्नो केही डिलर्सले यसको बुकिङ गरिरहेको छ । अफिसियल बुकिङ भने केही दिनपछि सुरु हुने कम्पनीले जनाएको छ । 

किआ कार्निभल एमपीवी कारमा २.२ लिटर, ४ सिलिन्डर टर्बो–डिजेल इन्जिनमा उपलब्ध हुनेछ । यो इन्जिनि ३८०० आरएमपी मा २०० बीएचपी पावर र १७५० देखि २७५० आरपीएममा ४४० पिक टार्क जेनरेट गर्न सक्छ। यो इन्जिन बीएस ६ कम्प्लायन्ट हुनेछ ।

कार्निभलको इन्जिन ८ स्पिड अटोमेटिक गियरबक्सको हुने दाबी गरिएको छ ।

कार्निभल ग्लोबल मोडलको हो । यसलाई केही ठाउँमा सेडोनाको नामबाट पनि बेचिएको छ । ग्लोबल मार्केटमा यो ७, ८ र ११ सिट अप्सनमा उपलब्ध छ ।

भारतीय बजारमा कार्निभल एमपीवी ६, ७ र ८ सिट अप्सनमा आउनेछ । एन्ट्री लेभल मोडल ८ सिटको हुनेछ भने टप मोडल ६ सिटको हुनेछ ।

किआ कार्निभलमा हाई एन्ड फिचर्स पाइनेछ । यसमा पावर्ड टेलगेट, किलेस एन्ट्री ऐन्ड गो, वायरलेस चार्जिङ, पावर अजस्टेबल सिट्स, वेन्टिलेटेड ड्राइभर सिट, क्रुज कन्ट्रोल, पावर विन्डो, ३ जोन क्लाइमेट कन्ट्रोल, ड्युल प्यान पावर्ड सनरुफ र लेदर अपहोस्ट्री समावेश गरिएको छ।

यो प्रिमियम एमपीभीको क्याबिनमा ई–सिम कनेक्टिभिटीका साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र हर्मन कार्डन साउन्ड सिस्टम पाइनेछ । कानिर्भलमा किआको इन–कार कनेक्टिभिटी टेक्नोलोजी यूभीओ कनेक्ट पनि पाइनेछ ।

टप वेरियन्ट्समा पछाडि बस्नेहरुका लागि फ्रन्ट सिटको पछाडि एन्टरटेनमेन्ट प्याकेजका साथ १०.१ इन्चको अलग–अलग स्क्रिन पनि हुनेछ । – एजेन्सी