काठमाण्डौ । दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन सत्रमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । फुटबलको कुम्भ मेला विश्वकप २०१८ रंगशालामा प्रत्यक्ष हेरे जस्तै अनुभव दिँदै लाउञ्जले विभिन्न विधाका राष्ट्रिय खेलाडीहरुलाई एक साथ सम्मान गर्ने भएको हो ।

लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठकाअनुसार जेठ ३१ गते विश्वकपको औपचारिक कार्यक्रम सुरु हुँदै गर्दा राष्ट्रिय फुटबल टीमका साथै क्रिकेट, तेक्वान्दो लगायत विभिन्न विधाका खेलाडीहरुलाई एकैपटक सम्मान गरिनेछ । 

यसैगरी लाउञ्जमा फुटबल हेर्ने दर्शक मध्येका एक जनालाई राष्ट्रिय फुटबल टीमका कप्तानबाट उपहारसहित सम्मान गर्ने कार्यक्रम रहेको लाउञ्जका सञ्चालक संगम राईले बताए । 

फुटबलको कुम्भ मेला सुरु हुँदै गर्दा लाउञ्जमा एड्रिन प्रधानले विशेष सांगीतिक प्रस्तुती दिने छन् । लाउञ्जले संगीतमा अधिक रुची भएका खेलप्रेमीहरुलाई लक्षित गर्दै २० वाई ११ फिटको एचडी स्क्रिीनमा विश्वकप फुटलका खेलहरु प्रदर्शन गर्नेछ । 

लाउञ्जमा विश्वकप अवधिभरी खेलाडी, कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । सो अवसरमा लाउञ्जले सेवाग्राहीहरुलाई उत्कृष्ट किसिमको सेवा प्रदान गर्ने लाउञ्जका सञ्चालक कुमार गुरुङले जानकारी दिए । 

चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ कन्सर्ट आयोजना हुने छन् । 

बिहान ११ बजेदेखि रातिसाढे १२ बजेसम्म संचालनमाआउने रेष्टुरेन्टमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।