काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमास अवधिमा यति डेभलपमेन्ट बैंक लिमीटेडको नाफा घटेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा १०.२७ प्रतिशतले घटेको हो । 

यो बैंकले शुक्रबार दोश्रो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षमा नाफातर्फ गिरावट आएको जनाएको हो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले १६ करोड ५ लाख खूद नाफा आर्जन गरेकोमा चालुु आबको सोही अवधिमा घटेर १४ करोड ४१ लाखमा झरेको छ । 

तर यो बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा १ करोड १७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर २ करोड ३९ लाखको उचाईमा पुुगेको हो । 

यो बैंकको चुक्तापूँजी १ अर्ब ३८ करोड रहेको छ भने जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ रहेको छ । 

यो वर्ष बैंकले १२ अर्ब ६ करोड निक्षेप संकलन गरी १० अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ अर्ब ७६ करोड निक्षेप संकलन गरी ७ अर्ब ९ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ७.२६ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात घटेर ३.७८ प्रतिशतमा आइपुुगेको छ । नाफा खुम्चिएका कारण प्रति सेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष यही अवधिमा २३ रुपैयाँ १७ पैसा रहेको प्रति सेयर आम्दानी घटेर यो वर्ष २० रुपैयाँ ७९ पैसामा झरेको हो । 

बैंकको प्रति सेयर नेटवर्थ ११७.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ६.५२ गुणा कायम भएको छ ।