काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुुखी म्युुचुुअल फण्ड ‘लक्ष्मी भ्यालूू फण्ड १’ को खूद सम्पत्ति मूल्य घटेको छ । 

पुस मसान्तसम्म यो स्कीमको खूद सम्पत्ति मूल्य(एनएभी) १२ रुपैयाँ ४ पैसा रहेकोमा माघ मसान्तसम्म घटेर ११ रुपैयाँ ३ पैसा कायम भएको हो । यसरी यसको एनएभीमा १ रुपैयाँ १ पैसाको गिरावट आएको हो । 

पुुस मसान्तसम्म ५ करोड १० लाख रुपैयाँ रहेको यो स्कीमको खूद नाफा माघ मसान्तसम्म घटेर ४ करोड ३७ लाखमा झरेको छ । 

यो स्कीम ५० करोडबाट सुरु भएको थियो । माघ मसान्तसम्म यसले ४४ सूचिकृत कम्पनीको ३ लाख २३ हजार १ सय २७ कित्ता सेयरमा २७ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ । 

त्यस्तै, १ करोड १ लाख रुपैयाँ सार्वजनिक निश्कासनमा लगानी भएको छ । कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको ३३ हजार ७ सय ६३ कित्ता सेयर खरीद गरेको छ ।